काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सांसदहरुलाई आइतबार साँझ ६ बजे रात्रिभोज दिइने भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा भाग लिन आएका केन्द्रीय सदस्यहरुलाई आइतबार साँझ रात्रिभोजका लागि बालुवाटार बोलाएको नेकपाका एक नेताले बताए । राष्ट्रियसभा गृहमा जारी नेकपा केन्द्रीय कमिटी बैठक आजै समापन हुँदैछ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिएका छन् ।


ADVERTISEMENT

# # #


बैठक सकिएपछि नेताहरु जिल्ला फर्कने भएकाले आजै सबैलाई समेटेर रात्रिभोजको व्यवस्था गरिएको बताइएको छ । पछिल्लो समय मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) लगायतका विषयमा नेकपाका सांसद र नेताहरुले नै सरकारको विरोध गरिरहेका छन् । उक्त विरोध मत्थर पार्न प्रधानमन्त्रीले रात्रीभोजको आयोजना गरेको हुनसक्ने कतिपय नेकपा केन्द्रीय सदस्यले बताएका छन् ।