बैतडी- जिल्लाको डिलाशैनी गाउँपालिकाको स्थाई केन्द्र परिवर्तन गर्ने विषयमा स्थानीयले विरोध जनाएका छन् । गाउँपालिका सभाले गत माघ ३ गते गते गरेको निर्णय विरुद्द गाउँसभाका १४ जना सदस्यसहित आम जनता र युवा विद्यार्थीहरु आन्दोलित भएका छन् । राज्यले स्थानीय तहहरु कायम गर्दा राज्य पुनर्संरचना आयोगले डिलाशैनी गाउँपालिकाको स्थाई केन्द्र वार्ड नम्बर-७ मा राख्ने निर्णय गरेको थियो । आधिकारिक रूपमा अहिले पनि गाउँपालिकाले भाडा तिरेर कार्यालय डिलाशैनी वार्ड नं।७ धामीगाउँमा रहि आएको छ र सरकारी चिठ्ठी पत्रहरू समेत डिलाशैनी ७ स्थित कार्यालयमा नै पुग्ने गरेका छन् ।


ADVERTISEMENT


त्यो सँगै स्थानीय निर्वाचनका बेला भएका भेला,बैठक र सभाहरुमा सबै दलका उम्मेदवार एवं जिल्ला स्तरीय नेताहरुले पनि पालिकाको स्थाई केन्द्र वार्ड नम्बर- ७ भित्रै राख्ने प्रतिबद्धता गरेका थिए। त्यस पश्चात निर्वा्चित पहिलो स्थानिय सरकारले आफ्नो पहिलो बैठक (२०७४/ ३/ ६० बाट डिलाशैनीको स्थाई केन्द्र वडा नम्बर- ७ भित्रै राख्ने निर्णय समेत गरेको थियो । त्यो सँगै स्थानीय सरकारले पालिकाको प्रशासनिक भवन निर्माण गर्न जग्गा उपलब्ध गराईदिन भनी वडा नम्बर ७ का जनता हरुलाई सार्वजनिक सुचना गरिएको थियो ।


ADVERTISEMENT

# # #


त्यहाँका जनता हरुले करीब- ८० रोपनी जग्गाको लालपुर्जा गाउँपालिकालाई बुझाएको थियो । तर अहिले एक्कासी वडा नम्बर- ३ पन्सेरा मा स्थापना गरेको सम्पर्क कार्यालय लाई जबरजस्ती स्थाई कार्यालय बनाउन खोज्दा गाउँपालिकाको निर्णय बिबाद मा पर्नुका साथै उक्त निर्णयको चौतर्फी बिरोध भईरहेको छ । गाउँपालिका अध्यक्षले पालिकाको केन्द्र सम्बन्धि पक्ष र बिपक्ष मा माघ ३ गते मतदान हुने भनी पुस- २८ गतेको कार्यपालीका को बैठक मौखिक रुपमा स्थगित गरेको सुचना दिएको थियो तर माघ(३ गते हामीहरु उपस्थित नै नभएको निर्णय मान्य हुँदैन भनी १४ जना गाउँसभा सदस्य हरुले बिज्ञापन प्रकाशीत गरेका छन् ।

गाउँसभाका २८ जनाले गरेको निर्णय मा १४ जनाको हस्ताक्षर दुरुपयोग भएको रहस्य बाहिरिए पछि गाउँ सभाको उक्त निर्णय अल्पमत मा परेको छ । उक्त निर्णय पास गर्न दुई तिहाई मत अर्थात कुल(३७ जना सदस्य मध्ये २६ जना पक्षमा चाहिने भएपनि १४ जना सदस्य हरुको हस्ताक्षर विपक्षमा रहेको हुँदा अब उक्त निर्णयको पक्षमा १४ जना सदस्य हरू मात्रै रहेको पाईएको छ । यो सँगै गाउँ सभाको उक्त निर्णय अयोग्य र अमान्य भएको कानुनबिद तथा उक्त बिषयका जानकार हरुले बताई रहेका छन् । जालझेल पूर्ण तरिकाले गरिएको पालिका केन्द्र सार्ने निर्णय तत्काल खारेजगरी गाउँ कार्यपालिकाको पहिलो निर्णय अनुसार पालिकाको केन्द्र स्थापना नभएमा कडा विरोधका कार्यक्रमहरू सञ्चालन गर्ने आन्दोलनरत जन प्रतिनिधिहरू लगायत पालिकाबासी युवा विद्यार्थीहरूले जनाएका छन ।