काठमाडौँ – माछापुच्छ्रे बैंकको पूर्ण स्वामित्वमा रहेको माछापुच्छ्रे क्यापिटल लिमिटेडको सुरुवात भएको छ । शुक्रबार एक कार्यक्रमका बीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले संयुक्त रुपमा माछापुच्छ्रे क्यापिटलको उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT


उद्घाटनपछि बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानाले माछापुच्छ्रे क्यापिटल लिमिटेडले देशको खुम्चिएको पुँजी बजार क्षेत्रको विकास गर्न तथा नयाँ क्षेत्रहरुको पहिचान गरी नयाँ कार्यक्रमहरु बजारमा ल्याउन सफल होस भन्ने शुभकामना व्यक्त गरे । उनले पुँजी बजार क्षेत्रमा नविनता ल्याउन जरुरी भएको परिप्रेक्ष्यमा यस क्यापिटलले थप व्यवसायिकता र थप नयाँ कार्यशैली सहित मर्चेन्ट बैकिंग क्षेत्रमा प्रवेश गर्नेछ भन्ने विश्वास लिएको जानकारी गराए ।


ADVERTISEMENT

# # #


त्यस्तै, माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोज्यूले माछापुच्छ्रे क्यापिटललाई व्यवसायिक शुभारम्भको अवसरमा बधाई दिए। यस क्यापिटलले आफ्नो व्यवसाय बिस्तारको क्रममा राजधानी भित्र मात्र नभई देश भरी रहेका लगानीकर्ताहरुलाई सेवा पुर्याउनु पर्नेमा जोड दिँदै अन्य सेवाको रुपमा क्यापिटललाई विस्तार गर्ने प्रतिवद्घता व्यक्त गरे ।

उक्त समारोह माछापुच्छ्रे क्यापिटलका अध्यक्ष सन्तोष कोइरालाको सभापतित्वमा सन्पन्न भएको थियो ।