सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको खाल्डे प्रहरी चौकीमा आक्रमण हुँदा दुई जना प्रहरी घाइते भएका छन् ।


ADVERTISEMENT


मेलम्ची नगरपालिका र पााचपोखरी थाङ्पाल गाउँपालिकाको सीमामा रहेको चौकीमा मोटरसाइकलमा आएका १० र १२ जनाको समूहले आक्रमण गरेको हो । आक्रमणमा प्रहरी सहायक निरीक्षक सन्तोषकुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते हुनुभएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।


ADVERTISEMENT

# # #


घाइतेमध्ये झालाई उपचारको लागि काठमाण्डौ ल्याइएको र प्रहरी हवल्दार हरिबहादुर मगरको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको पनि उहाँले बताउनुभयो ।

चौकीमा आक्रमण गर्ने सुनखानीका सोम थिङ लाई प्रक्राउ गरिएको र बाँकीको खोजी भैरहेको पनि प्रहरी निरीक्षक तामाङले जानकारी दिनुभयो ।