काठमाडौँ– सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन विधेयक पारित हुने दावी गरेका छन् । अध्यक्ष दाहालले विधेयक पारित गर्न सरकार र सत्तारुढ दलहरु लागि परेको पनि स्पष्ट पारे ।


ADVERTISEMENT


विहिबार जनकपुर विमानस्थलमा स्थानीय संचारकर्मीहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले विधेयक पारित गर्न कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सकारात्मक रहेको उल्लेख गर्दै सरकारले आगामी सोमबार संसदमा संविधान संशोधन विधेयक निर्णयार्थ पेश गर्ने तयारी गरिरहेको बताए ।


ADVERTISEMENT

# # #


अध्यक्ष प्रचण्डले विधेयकलाई प्रक्रियामा लैजान प्रमुख प्रतिपक्ष एमाले सहमत रहेको पनि बताए । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एउटै मितिमा गर्ने सहमति दलहरुबीच भईसकेको प्रचण्डको भनाई थियो ।

जनकपुरमा आयोजित पार्टीको एक कार्यक्रममा सहभागी हुन त्याहा पुगेका दाहालले बाढि र डुबानबाट तराईमा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै राहत, उद्धार र पुनस्र्थापनाको काममा जुट्न पनि सबैमा आह्वान पनि गरे । उनले तराईका जनतालाई राहत उपलब्ध गराउन पहाडका जनता आतुर रहेको पनि जनाए ।

प्रचण्डले बुधबार डुबान प्रभावित सप्तरी, शर्लाही र रौतहटको स्थलगत अवलोकन गरी पीडितलाई उचित राहतको व्यवस्था गर्ने आश्वासन दिएका थिए ।