काठमाण्डौ  – सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आजको तेस्रो खेलमा मनाङ मस्र्याङदी क्लब विजयी भएको छ । विभागीय टोली नेपाल पुलिसलाई २–० ले हराउदै मनाङ तालिकाको तेस्रो स्थानमा पुगेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मनाङलाई जिताउन बिमल राना र अन्जन बिष्टले एक एक गोल गरे । ३२ औ मिनेटमा बिमलको गोलबाट अग्रता बनाएको मनाङका लागि अन्जनले ४३ औ मिनेटमा गोल गरेका थिए । खेलको अन्तिम मिनेटमा बिशाल बस्नेत रातो कार्ड खाँदै बाहिरिएपछि अतिरिक्त समयमा पुलिस १० खेलाडीमा सिमित बनेको थियो ।


ADVERTISEMENT


खेलमा अधिकांश समय बल पोजिशनमा पकड बनाएपनि पुलिसले केहि राम्रा अवसर खेर फालेको थियो । यो हारसंगै शीर्ष पाँचमा रहेर लिग टुङग्याउने पुलिसको दाउमा गम्भीर धक्का लागेको छ । १२ खेलबाट पुलिस १७ अंकमा तालिकाको छैठौ स्थानमा छ । समान खेलबाट मनाङ २५ अंकमा तालिकाको तेस्रो स्थानमा पुगेको हो ।


ADVERTISEMENT

# # #


यद्यपी मनाङ उपाधि होडबाट भने बाहिरिसकेको छ । खेलमा मनाङका गोलरक्षक दिप कार्की म्यान अफ दि म्याच घोषित भए । जारी सिजनको लिगमा त्रिभुवन आर्मी र मछिन्द्र क्लब उपाधिका दाबेदार हुन् । अन्तिम चरणमा हुने यी दुई टोलीबिचको प्रतिस्पर्धा पछि मात्र उपाधि विजेताको छिनोफानो हुनेछ ।