काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालमा भइरहेको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा जारी छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।
अघिल्लो खेलमा ओमानविरुद्ध खेल्दै ओडिआईमा डेब्यु गरेका कमल सिंह ऐरीको स्थानमा आज ललित नारायण राजवंशी खेल्दैछन् ।


ADVERTISEMENT


यसअघि नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।


ADVERTISEMENT

# # #