मकवानपुर । कम्युनिस्टहरुको बलियो प्रभाव क्षेत्र मानिने मकवानपुरमा नेपाली कांग्रेसलाई बलियो राजनीतिक शक्ति बनाउने नेताका रुपमा इन्द्रबहादुर बानियाँ चिनिन्छन्। कुनै समय कांग्रेस उम्मेदवारको लज्जास्पद हार हुने स्थान हो मकवानपुरमा कम्युनिष्टहरुको लाल किल्ला तोड्दै राजनीतिक उडान भरेका बानियाँले २०७० मा पहिलो पटक कांग्रेस जिताएका थिए ।

बाम (कम्युनिष्ट) दलहरुको वर्चश्व रहेको मकवानपुरमा २ कार्यकाल कांग्रेसको नेतृत्व गरेका उनले २०६४ मा पहिलो पटक मकवानापुर क्षेत्र नम्बर १ बाट चुनाव लडेका उनी पराजित भएका थिए ।


ADVERTISEMENT

#


सो समयमा उनी कांग्रेस मकवानपुरको सदस्य रहेका थिए । नेवि संघ हुँदै तरुण दलबाट पार्टी राजनीतिमा उदाएका बानियाँ २०७० को संविधानसभा निर्वाचनमा मकवानपुर १ बाट निर्वाचित भएका थिए । कांग्रेसलाई विकट गाउँबाट जिताएका उनले त्यसयता संसदीय चुनाव हारेका छैनन् । जिल्लामा कांग्रेस बलियउो बनाउन उनै बानियाँको प्रमुख भुमिका देखिन्छ ।

विकास देखि नागरिकको समस्यमा प्रत्यक्ष सरोकार राख्ने उनले मकवानपुरको दुवै क्षेत्रलाई आफ्नो निर्वाचन क्षेत्र बनाइसकेका छन् । दुवै क्षेत्रबाट चुनाव जितेका उनी युवा पुस्तामा लोकप्रिय छन् । बानियाँ लामो समयको संघर्ष र संसदीय राजनीतिमा हाल बागमती प्रदेशको मुख्यमन्त्रीसम्मको जिम्मेवारी सम्हालिसकेका छन् । वि.सं. २०४४ सालदेखि राजनीतिमा होमिएका बानियाँले नेवि संघ, तरुण दल, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको जिम्मेवारी पारुइसकेका छन् ।


ADVERTISEMENT

#
#


वि.सं. २०७३ सालमा नेपाली कांग्रेस मकवानपुरको सभापति भएका उनी निरन्तर जनताको समस्या र विकास निर्माणमा सक्रिय रहेका छन् । राजनीतिक यात्राका क्रममा उनले केन्द्र सरकारमा समेत जिम्मेवारी सम्हालिसकेका छन् । वि.सं. २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको बानियाँले प्रशासनिक र राजनीतिक दुवै क्षेत्रमा आफ्नो दख्खल राख्दछन् ।

२०७४ को निर्वाचनमा मकवानपुर सङ्घीय क्षेत्र २ को ‘ख’ बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएपछि उहाँ सर्वसम्मत रुपमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन भएका थिए । उनले प्रदेशसभामा कांग्रेसलाई एक सशक्त र प्रभावकारी प्रतिपक्षी दलको रुपमा उभ्याएका थिए । बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश सभापति हुन् ।

संस्थापन इतरका उम्मेदवार जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै प्रदेश सभापति बन्नुभएका बानियाँलाई नेपाली राजनीतिमा ‘संसदीय राजनीतिका चलाख खेलाडी’ समेत भनिन्छ । सत्ता र शक्ति समीकरणमा उनले देखाउने चतुरताका कारण उनले सो उपमा दिने गरिएको छ । २०७९ को प्रदेश सभा संसदीय दलको निर्वाचनमा बहादुर सिंह लामासँग पराजित भएका बानियाँले साढे दुई वर्षपछि बाजी मारेका थिए । सन् २०८२ मा भएको आन्तरिक प्रतिस्पर्धामा आफ्नै दलका बहालवाला मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध संसदीय दलमा बानियाँले २२ मत ल्याएर हराएका थिए । दलको नेतामा निर्वाचित भएलगत्तै कांग्रेस–एमाले गठबन्धनको समर्थनमा उनी २०८२ साउनमा बागमती प्रदेशको मुख्यमन्त्री बन्न सफल भए ।