मकवानपुर । कम्युनिस्टहरुको बलियो प्रभाव क्षेत्र मानिने मकवानपुरमा नेपाली कांग्रेसलाई बलियो राजनीतिक शक्ति बनाउने नेताका रुपमा इन्द्रबहादुर बानियाँ चिनिन्छ । कुनै समय कांग्रेस उम्मेदवारको लज्जास्पद हार हुने स्थान हो मकवानपुरमा कम्युनिष्टहरुको लाल किल्ला तोड्दै राजनीतिक उडान भरेका बानियाँले २०७० मा पहिलो पटक कांग्रेस जिताएका थिए । बाम (कम्युनिष्ट) दलहरुको वर्चश्व रहेको मकवानपुरमा २ कार्यकाल कांग्रेसको नेतृत्व गरेका उनले २०६४ मा पहिलो पटक मकवानापुर क्षेत्र नम्बर १ बाट चुनाव लडेका उनी पराजित भएका थिए ।

सो समयमा उनी कांग्रेस मकवानपुरको सदस्य रहेका थिए । नेवि संघ हुँदै तरुण दलबाट पार्टी राजनीतिमा उदाएका बानियाँ २०७० को संविधानसभा निर्वाचनमा मकवानपुर १ बाट निर्वाचित भएका थिए । कांग्रेसलाई विकट गाउँबाट जिताएका उनले त्यसयता संसदीय चुनाव हारेका छैनन् । जिल्लामा कांग्रेस बलियउो बनाउन उनै बानियाँको प्रमुख भुमिका देखिन्छ ।

विकास देखि नागरिकको समस्यमा प्रत्यक्ष सरोकार राख्ने उनले मकवानपुरको दुवै क्षेत्रलाई आफ्नो निर्वाचन क्षेत्र बनाइसकेका छन् । दुवै क्षेत्रबाट चुनाव जितेका उनी युवा पुस्तामा लोकप्रिय छन् । बानियाँ लामो समयको संघर्ष र संसदीय राजनीतिमा हाल बागमती प्रदेशको मुख्यमन्त्रीसम्मको जिम्मेवारी सम्हालिसकेका छन् । वि.सं. २०४४ सालदेखि राजनीतिमा होमिएका बानियाँले नेवि संघ, तरुण दल, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको जिम्मेवारी पारुइसकेका छन् ।

वि.सं. २०७३ सालमा नेपाली कांग्रेस मकवानपुरको सभापति भएका उनी निरन्तर जनताको समस्या र विकास निर्माणमा सक्रिय रहेका छन् । राजनीतिक यात्राका क्रममा उनले केन्द्र सरकारमा समेत जिम्मेवारी सम्हालिसकेका छन् । वि.सं. २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको बानियाँले प्रशासनिक र राजनीतिक दुवै क्षेत्रमा आफ्नो दख्खल राख्दछन् ।

२०७४ को निर्वाचनमा मकवानपुर सङ्घीय क्षेत्र २ को ‘ख’ बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएपछि उहाँ सर्वसम्मत रुपमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन भएका थिए । उनले प्रदेशसभामा कांग्रेसलाई एक सशक्त र प्रभावकारी प्रतिपक्षी दलको रुपमा उभ्याएका थिए । बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश सभापति हुन् ।

संस्थापन इतरका उम्मेदवार जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै प्रदेश सभापति बन्नुभएका बानियाँलाई नेपाली राजनीतिमा ‘संसदीय राजनीतिका चलाख खेलाडी’ समेत भनिन्छ । सत्ता र शक्ति समीकरणमा उनले देखाउने चतुरताका कारण उनले सो उपमा दिने गरिएको छ । २०७९ को प्रदेश सभा संसदीय दलको निर्वाचनमा बहादुर सिंह लामासँग पराजित भएका बानियाँले साढे दुई वर्षपछि बाजी मारेका थिए । सन् २०८२ मा भएको आन्तरिक प्रतिस्पर्धामा आफ्नै दलका बहालवाला मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध संसदीय दलमा बानियाँले २२ मत ल्याएर हराएका थिए । दलको नेतामा निर्वाचित भएलगत्तै कांग्रेस–एमाले गठबन्धनको समर्थनमा उनी २०८२ साउनमा बागमती प्रदेशको मुख्यमन्त्री बन्न सफल भए ।