काठमाडौं – साउदीस्थित नेपाली दूतावासले रोजगारीका लागि साउदी अरब नआउन नेपाली युवालाई आग्रह गरेको छ । काफला प्रणालीका कारण साउदी अरबमा रोजगारीगर्न समस्या रहेको औंल्याउँदै उसले यस्तो सुझाव दिएको हो ।


ADVERTISEMENT


साउदी अरब नेपाली युवाको मुख्य रोजगार गन्तव्यमध्ये एक हो । तर, पछिल्लो समय झन्झटिलो प्रक्रियाका कारण नेपालीले दुःख पाउन थालेका छन् । यहीबीच दूतावासले विज्ञप्ति जारी गरेरै साउदी अरब नआउन आग्रह गरेको हो ।


ADVERTISEMENT

# # #


‘साउदी अरब आउन लाग्ने खर्च र साउदीमा काम गर्दा हुने आय तथा दुःखको तुलना गर्नुहोस् । फाइदा हुने देखिए मात्र साउदी अरबमा काम गर्न आउनुहोस्,’दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘फाइदा नहुने भए विचौलिया र म्यानपावरलाई खर्च गर्ने पैसाले नेपालमै आफ्नो सीप अनुसारको पेशा, व्यवसाय गर्नुहोस् । नेपालमै बसेर केही गर्छु भन्ने निर्णय गर्नुभयो भने यो नै उत्तम निर्णय हुनेछ ।’

साउदी अरबः एक संक्षिप्त परिचय,कफला पद्धति,पूर्व तयारी चरण र तयारी चरण गरी ४ भागमा विभाजित विज्ञप्तिमा साउदी अरबको मौसम भूगोल, भिसा तथा रोजगार ९कफला० पद्धति, कम्पनी तथा कामको प्रकृति, सेवा सुविधालगायत विषयमा जानकारी नहुँदा विभिन्न समस्याहरू आउने गरेको उल्लेख छ ।

हाल परराष्ट्र मन्त्रालयको एक टोली साउदी अरबको अध्ययन भ्रमणमा रहेको छ । लामो समयदेखि नेपाली कामदारप्रति असंवेदनशील रहेको आरोप खेपी रहेको दूतावासले नेपाली टोली साउदी अरबमा रहेको अवसर छोपी जानकारीसहितको विज्ञप्ति जारी गरेको हो ।

दूतावासले भने नेपाली कामदारका समस्या न्यूनीकरणमा मद्दत गर्न सूचनामार्फत सूचित गरिएको जनाएको छ । साउदी अरब अधिराज्यको परिचयसहित जारी सूचनामा उक्त मुलुकमा नेपाली कामदार ठूला, मझौला र साना उद्योग, व्यवसाय, आयोजना रहेका जुनसुकै ठाँउमा पनि काम गर्न जानुपर्ने बाध्यता रहेको भन्दै साउदी अरबको भिसा कफला पद्धतिमा आधारित रहेकाले स्पोन्सरको अनुमतिबिनाघर फर्कन, काम गर्न वा व्यावसाय गर्न वा अन्य कुनै क्रियाकलाप गर्न अनुमति नहुने स्मरण गराएको छ ।

कफला कामदारको संरक्षण र सुरक्षा गर्ने पद्धति भएपनि त्यस पद्धतिको दुरूपयोग हुनेगरेका कारण कतिपय अवस्थामा कामदारले श्रम शोषण तथा अन्य कठिनाइहरू झेल्नुपर्ने अवस्था आउने दूतावासको भनाइ छ । कामदारलाई भगौडा जनाउने र विभिन्न मुद्दा लगाएर आफ्नो देश फर्कन पनि नमिल्ने गरी यात्रा बन्देज लगाउने आदि कारणले महिनौंसम्म अदालतमा मुद्दा चल्दापनि कामदारले न्याय नपाउने अवस्था हुने जनाएको छ ।