काठमाडौं – काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउन सुरु गरिएको छ ।संघीय राजधानीको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित बनाउन पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु गरिएको हो ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार महाराजगंज क्षेत्रबाट विद्युतीय तारलाई भूमिगत बनाउने कार्यको सुरुवात गर्नु भएको हो ।
महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका बालुवाटार, पानीपोखरी, बुढानिलकण्ड, टोखा, गंगबू, समाखुशी,धापासी, बसुन्धरा, शिपपुरी, चुनीखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताललगायतका स्थानहरुमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिने छ । २५० किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने छ ।


ADVERTISEMENT

# # #


त्यस्तै रत्नपार्क, बागबजार, पुतलीसडक, न्यूरोड,अनामनगर, जमल, लैनचौर, ठमेल, नक्साल, सोह्रखुट्टे। त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, लाजिम्पाट, गौशाला, एयरपोर्ट, बानेश्वर, चावहिल, बौद्ध, जोरपाटीलगायतका स्थानहरुमा तार भूमिगत गरिने छ । ती क्षेत्रमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजका क्रमश : करिब २ सय र ४ सय किलोमिटर तार भूमिगत गरिने छ । साथै त्यहाा करिब २ सय किलोमिटर अप्टिकल फाइबर बिछ्याइने छ ।

दुई क्षेत्रको काम गर्नका लागि भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेडसाग सन् २०१९को मार्चमा ठेक्का सम्झौता भएको थियो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा सुरु गरिएको आयोजनाको काम सन् २०२१को अक्टोबरभित्रमा सक्ने लक्ष्य राखिएको छ ।