काठमाडौँ – नेपाली कांग्रेस निकट पत्रकाहरुको संगठन नेपाल प्रेस युनियनको नवौँ केन्द्रीय महाधिवेशनको तयारी सुरु भएको छ । आगामी चैत्र २१ र २२ गते बाँकेको नेपालगञ्जमा हुने महाधिवेशनका लागि आवश्यक तयारी तीव्र रुपमा अगाडि बढाइएको प्रेस युनियनले जनाएको छ ।


ADVERTISEMENT


प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले हिमालयपोष्टसँगको कुराकानीमा नेपालभरका जिल्ला र विदेशमासमेत रहेका शाखा गरी कुल ८८ वटा शाखाहरुमा अधिवेशन सम्पन्न भइसकेको र केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु टुंग्याउने काम अन्तिम चरणमा पुगेको बताए । केही जिल्लाहरुमा सामान्य विवाद देखिए पनि  एक हप्ताभित्र त्यसको समाधान गर्नेगरी प्रक्रिया अघि बढेको महासचिव शिवाकोटीले जनाए ।


ADVERTISEMENT

# # #


‘महाधिवेशनका प्रतिनिधिहरुको नाम अध्यावधिक गर्ने काम भइरहेको छ । अब हामी पूर्ण रुपमा महाधिवेशनमा होमिएका छौँ ।’ उनले भने, ‘त्यसका लागि तयारी समिति र उपसमिति ले पनि आफ्नो काम सुरु गरिसकेको छ ।’ महाधिवेशनको व्यवस्थापनका लागि होटेल व्यवसायीहरुसँग कुराकानी भइरहेको र यसपटकको महाधिवेशन विगतको भन्दा अलि फरक हुने उनले बताए ।

पहिले उद्घाटनपश्चात बन्दशत्र प्रभावकारी नहुने र एकैपटक चुनावमा जाने अवस्था रहेपनि यसपटक भने त्यस्तो नहुने महासचिव शिवाकोटीले बताए । उनले भने, ‘यो पटक हामीले महाधिवेशनको उद्घाटन पहिले नै संगठन र पत्रकारिताका विषयमा एउटा बहस गर्नेछौँ । त्यो सकिएपछि मात्रै हामी उद्घाटनशत्रमा जान्छौँ ।’

संगठनका विदेशमा रहेका शाखाका महाधिवेशन प्रतिनिधिहरु पनि मतदानका लागि नेपालमै आउनेछन् । यसपटक महाधिवेशन नसर्नेगरी तयारी भइरहेको शिवाकोटीले बताए ।