काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलालीमा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले कैलालीको घोडाघोडी नगरपालिका वडा न. १, सुखड र कैलाली जिल्लाको, लम्कीचुहा नगरपालिका वडा नं. १, लम्कीमा नयाँ शाखा सुरुवात गरेको हो ।


ADVERTISEMENT


सोमबार सुखड शाखाको समुद्घाटन घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरी र बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्त रुपमा गरे । यस्तै लम्की शाखाको लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाई र बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्त रुपमा गरेका थिए ।


ADVERTISEMENT

# # #


यो सँगै अब बैंकको शाखा संख्या १२० पुगेका छन् । बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित १२० वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटीएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।