पोखरा-  भूपू गोरखा सैनिक र उनीहरूका परिवारले पोखरास्थित ब्रिटिश क्याम्प अगाडि धर्ना दिएका छन् । उनीहरू विभिन्न भाग राखेर आज र विहानैदेखि ब्यानर, प्लेकार्ड सहित धर्नामा बसेका हुन्


ADVERTISEMENT


समान पेन्सन, क्षतिपुर्ती लगायतका माग राखेर आन्दोलनरत भूपू गोर्खा सैनिकहरूले बेलायतका सेनाध्यक्ष आर्मी चिफ अफ जनरल स्टाफ मार्क कार्लटन स्मिथसम्म आफ्नो माग पुर्‍र्‍याउन धर्ना दिएका हुन् । गत शनिबार काठमाडौं आइपुगेका सेनाध्यक्ष स्थिम यतिबेला पोखरामा छन् ।


ADVERTISEMENT

# # #


बेलायती सेनामा भर्तीका भएका ४सय ४३ जनालाई कसम खुवाउने कार्यक्रममा सहभागी हुन स्मिथ पोखरा गएका हुन् । उनीहरूलाई कसम खुवाउने कार्यक्रम छ ।