काठमाण्डौ – काठमाण्डौमा टिप्परको ठक्करबाट फेरि अर्का एक जनाको ज्यान गएको छ ।


ADVERTISEMENT


मङ्गलबार राति शङ्करापुर नगरपालिका ६ को धोला टोलमा टिप्परले ठक्कर दिँदा स्थानीय बासिन्दा प्रविण श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


टिप्परको ठक्करबाट घाइते भएका श्रेष्ठको उपचारको क्रममा मङ्गलबार राति नै ज्यान गएको हो । ठक्कर दिने ना १ क ४५६४ नम्बरको टिप्पर चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुई हप्ताअघि मात्रै कलङ्कीको अण्डरपासमा टिप्परकै ठक्करबाट दुई जनाको ज्यान गएको थियो । माघ महिनामै तनहुँ, सुर्खेत, कञ्चनपुर र नवलपरासीमा पनि टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालक र पैदलयात्रुको ज्यान गएको थियो ।

ट्राफिक नियमको उल्लङ्घन गर्दै तीव्र गतिमा चलाएकै कारण टिप्परले ठक्कर दिने र ज्यान लिने क्रम बढेको भन्दै विरोध हुँदै आएको छ ।