काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटासँग युरोपेली मुलुकका राजदुतले भेटघाटको क्रमलाई बढाएका छन् ।


ADVERTISEMENT


सभामुख सापकोटासंग सोमबार नेपालका लागि नर्वेका राजदूत लस्से ब्जोम जोहानेसनले शिष्टाचार भेट गरि बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। भेटमा नर्वेजियन राजदुतले नेपालको आर्थिक तथा समाजिक क्षेत्रमा पुराउँदै आएको सहयोगलाई नर्वेले जारी राख्ने प्रतिवद्धता व्यक्त गरेका छन्।


ADVERTISEMENT

# # #


आजै नेपालका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपिका आवासीय प्रतिनिधि आईसाने मेडागान्गोडा लबेले सभामुख सापकोटालाई भेटेर बधाई ज्ञापन गरेकी छन्। युएनडिपि प्रतिनिधि लबेले हाल नेपालमा विभिन्न २६ क्षेत्रहरुमा काम गरिरहेको जानकारी गराउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरिन्।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपिका आवासीय प्रतिनिधि आईसाने मेडागान्गोडा लबे ।

यसअघि फागुन २ गते सभामुख सापकोटासँग नेपालका लागि चेक गणतन्त्रका गैरआवासीय राजदूत मिलान होभोरकाले भेटेर सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । गत माघ १३ गते सभामुख पदको सपथ लिएका सापकोटासंग निर्वाचित भएलगत्तै चीन, भारत र जापानका राजदुतले प्रत्यक्ष भेटगरी शुभकामना दिईसकेका छन् ।

नेपालका लागि चेक गणतन्त्रका गैरआवासीय राजदूत मिलान होभोरका ।