काठमाडौं– मुलुकमा बलात्कार बढ्यो भन्दै केही समयअघि पोर्न साइटहरु बन्द गर्ने घोषणा गरी आलोचनाका पात्र बनेका प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा रहेको वेबसाइटमा अश्लील भिडियो आउँछ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, यो सत्य हो । प्रधानमन्त्री ओलीको नाममा रहेको साइट www.kpsharmaoli.com मा जाने जो कोही लज्जित हुनपुग्छ ।


ADVERTISEMENT


यो साइटमा प्रधानमन्त्री ओलीबारेका जानकारी भन्दा पनि अश्लील भिडियोहरु देखा पर्छन् । डोमेनहरुबारे जानकारी दिने साइट www.whois.com का अनुसार चीनको सिचुआँ प्रान्तका एकजनाले आफ्नो नाममा उक्त डोमेन दर्ता गरी अश्लील भिडियो अपलोड गरेका हुन् ।


ADVERTISEMENT

# # #


यद्यपि नेपालमा भने यो साइट खुल्दैन । साइट खोल्दा ‘सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको निर्देशानुसार साइट बन्द गरिएको’ भन्ने सूचना आउँछ । तर, कहिलेदेखि यो साइट बन्द छ भन्ने स्पष्ट छैन ।

ओलीको सचिवालयले आफ्नो डोमेन नवीकरण नगर्दा यस्तो हुन गएको बताइएको छ । हाल प्रधानमन्त्रीको सचिवालयले www.kpsharmaoli.com.np ठेगानामा नयाँ व्यक्तिगत साइट दर्ता गराएको छ ।