कोभिड–नाइन्टिन अर्थात् कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघेको छ । कोरोना फैलन सुरु भएको चीनमा दुई हजार एक जना र चीनबाहिरका देशमा चार जना गरी ज्यान गुमाउनेको सङ्ख्या दुई हजार पाँच पुगेको छ । चीनबाहिर फिलिपन्स, हङकङ, जापान र फ्रान्समा एकरएक जनाको ज्यान गएको छ ।


ADVERTISEMENT


पछिल्लो २४ घण्टामा मात्र एक सय ३२ जनाले ज्यान गुमाएका छन् । केही दिनदेखि ज्यान गुमाउनेको सङ्ख्या घटिरहेको भए पनि मङ्गलबार ज्यान गुमाउनेको सङ्ख्या फेरि बढेको हो । यस्तै कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७५ हजार नाघेको छ ।


ADVERTISEMENT

# # #


यसैबीच चीनको सेन्टर फर् डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको अध्ययनअनुसार सङ्क्रमितमध्ये ८० प्रतिशतभन्दा धेरै बिरामी तथा वृद्धवृद्धा रहेको देखाएको छ । अध्ययनले स्वास्थ्यकर्मी पनि उच्च जोखिममा रहेको देखाएको छ ।