काठमाडौँ–  सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई ७० करोड कमिसन मागेको गम्भीर आरोप सार्वजनिक भएको छ । प्रमाण फेला पारेको दाबी सहित ‘हाम्राकुरा डटकम’ नामक अनलाइनले अडियो क्लिप सार्बजनिक गरेपछि नेपाली राजनीतिमा अर्को तरंग मच्चिएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी ओलीका अत्यन्तै निकट पात्र मानिएका, दुई तिहाई को सरकारलाई ‘हेप्नी’ थेगोबाट बिम्ब बनेका तथा सरकारको बचाउका लागी गर्धन थाप्दै आएका संचारमन्त्री बाँस्कोटालाइ यो आरोप लागेपछि बालुवाटार वृत्तमा समेत खैलाबैला मच्चिएको जनाइएको छ ।


ADVERTISEMENT

# # #


नेकपाका नेताहरुलाइ अख्तियारले पनि नछुने र बिपक्षिलाइ षडयन्त्र गरेर पनि फसाउने सरकारको साजिस भनेर टिप्पपणी गरीएकै बेला ‘हाम्राकुरा’ले यस्तो गंभीर कुरा सार्वजनिक गरेपछि प्रधानमन्त्रीको तत्कालीक कदमको पनि प्रतीक्षा गरिएको छ ।

सो अनलाइनले सार्वजनिक गरेको अडियो क्लिपका अनुसार सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले कुराकानी गरेका छन् । स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेका छन् ।

नर्मल तरिकाबाट कम कमिसन आउने र बढी कमिसनका लागि आउट अफ ट्रयाक जानुपर्ने सुझाव समेत एजेन्ट मिश्रको छ । कुराकानी अनुसार ७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव सुनेपछि त्यो भनेको कति भनेर सोध्ने मन्त्री बास्कोटालाई उनले ५५ करोड जति कमिसन हुने प्रष्ट पारेका छन् ।

सो अनलाइनका अनुसार यिनै एजेन्ट मिश्र सार्वजनिक लेखा समितिले बोलाएको छलफलमा समेत विज्ञको रुपमा छलफलमा सहभागि भएका थिए । उनलाई २७ अर्वको लागत लाग्ने देखिए त्यसलाई २८ अर्व बनाउन सुझाव दिएर थप एक अर्व समेत भ्रष्टाचार गर्न पनि सिकाएको अडियोमा सुनिएको छ ।

प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भनेर सरकारको नेतृत्व लिएपनि सरकारका एक पछि अर्का निर्णयहरु विवादास्पद र भ्रष्टाचारी लाई बढावा दिने खालका हुनलागेको टिप्पणी बढेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीकै प्रिय पात्र समेत रहेका मन्त्री बास्कोटा यति ठूलो कमिसन प्रकरणमा जोडिनुले सरकारको छविमै गंभीर धक्का पुगेको विश्लेषण गरिँदैछ ।

अहिलेसम्म मन्त्री बाँस्कोटाको तर्फबाट कुनै पनि औपचारिक प्रतिक्रिया सार्वजनिक भएको पाइएको छैन ।

अडियो सुन्नुहोस् :