काठमाडौं – नेपालले फुटबलको फिफा वरियतामा आफ्नो स्थान यथावत राखेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहेको हो । नयाँ वरियतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल १ सय ७० औं स्थानमा रहेको थियो ।


ADVERTISEMENT


दक्षिण एसियाको वरियतामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि रहेको भारत १ सय ८ र माल्दिभ्स १ सय ५५ औ स्थानमा छन्  नेपालभन्दा तल रहेको बंगलादेश १ सय ८७, भुटान १ सय ८९ औं, पाकिस्तान २ सय र श्रीलंका २ सय ६ औं स्थानमा रहेका छन् ।


ADVERTISEMENT

# # #


विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत रहेको छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्याण्ड चौंथो र उरुग्वे पाँचौं स्थानमा रहेका छन् ।त्यस्तै छैटौं स्थानमा क्रोएसिया, सातौंमा पोर्चुगल, आठौंमा स्पेन, नवौंमा अर्जेन्टिना र दशौंमा कोलम्बिया रहेका छन् ।