चितवन– नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन रोकिएको छ ।


ADVERTISEMENT


आज दिउँसो २ः १५ बजे इच्छाकामना गाउँपालिका–६ चोर खोलामा पहिरो जाँदा सवारी आवागमन रोकिएको हो । पहिरो आइसकेपछि अहिले पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण सवारी साधन रोकिँदा यात्रु अलपत्र परेका छन् ।


ADVERTISEMENT

# # #