काठमाडौँ – बैंकमा खाता खोल्दा सर्वसाधरणहरूको मनमा के खुल्दुली होला ? आफ्नो बचतको उच्चतम ब्याजदर पहिलो रोजाइ नहोला भन्न सकिँदैन । तर एन आई सी एशिया बैंकसँग आबद्ध हुने ग्राहकहरुका हकमा भने उनीहरुले अनुमान गरेभन्दा बढि पाउनेछन् र वास्तवमै ग्राहकले प्राप्त गर्ने उक्त फाइदाहरू अतुलनीय र असिमित नै छन् ।


ADVERTISEMENT


एनआईसी एशिया बैंकले ल्याएको न्यू चमत्कारिक बचत खाता योजना अन्तर्गत ल्याएका विभिन्न खाता सुविधाहरूमार्फत ग्राहकहरुले ३० चमत्कारिक फाइदा पाउन सक्नेछन् । बैंकले यो योजना अन्तर्गत खाता खोल्दा न्युनतम ५० हजार रूपैयाँदेखी २ लाख १४ हजार रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा दिएको छ ।


ADVERTISEMENT

# # #


उक्त खाता खोल्ने ग्राहकले अतुलनीय तथा असिमित फाइदाहरूबाट लाभ लिनेछन् । बीमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्कारिक फाइदाका साथै २५ वटा अन्य चमत्कारिक फाइदाहरू बैंकले अघि सारेको छ ।

जस्तो, २१ लाख रूपैयाँको बीमा सुविधा बैंक बाहिरबाट लिँदा भन्दा बैंकको न्यू चमत्कारिक खाताअन्तर्गत गर्दा करिब १४ हजार ००० रूपैयाँ बराबर ग्राहकलाई फाइदा देखिन्छ । जस्तै बैंकले दुर्घटना बीमा, घातक रोगहरू र मेडिकल बीमा अन्तर्गत २१ लाख रूपैयाँ बराबरको बीमा सुविधा प्रदान गरेको छ । बीमा सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा उपलब्ध हुनेछ भने १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्मको बीमा सुविधा र १ लाख रूपैयाँसम्मको औषधी उपचार (मेडिकल) बीमाको लाभ समेत खातावालाले पाउनेछन् ।

मेडिकल बीमा अन्तर्गत अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि खर्च लगायतका खर्चहरु बापत २० हजार रूपैयाँसम्म र अस्पताल भर्ना वापत ८० हजार रूपैयाँँसम्मको हकदार ग्राहक हुनेछन् । नेपालको बैंकिङ्ग क्षेत्रमध्ये अत्याधिक फाइदाले भरिएको बीमा सुविधाले ग्राहकको मन जितिरहेको छ ।

योसँगै खुद्रा कर्जा प्रवाह गर्दा २ चमत्कारिक फाइदाहरू छन् । खातावालालाई कर्जाको प्रशासनिक शुल्कमा २५ बेसिस प्वाइन्टसम्मको छुट प्राप्त हुनेछ भने कर्जा ब्याजदरमा विशेष सहुलियतको सुविधा दिइएको छ । यस बचत खाता हुने ग्राहकले यदि ५० लाख रूपैयाँको कर्जा उपयोग गर्छन् भने करिब १ लाख १३ हजार रूपैयाँ बराबरको ब्याज तथा कर्जा प्रशासनिक शुल्कमा फाइदा पुग्छ ।

यसबाहेक विभिन्न खालका निशुल्क योजनाहरू जस्तै डेबिट÷क्रेडिट कार्ड, खुद्रा कर्जा प्रशासनीक शुल्कमा तथा ब्याजदरमा छुट, कुनैपनि बैंकका एटिएम मेसिनबाट रकम झिक्दा निशुल्क, लकर मार्जिन शुल्क छुट, मासिक निक्षेप सुविधा निःशुल्क, डिम्याट खाता निःशुल्क, ई–कमर्श निशुल्क, निःशुल्क होम बैंकिङ्ग, स्वीप इन–स्वीप आउट जस्ता २५ चमत्कारिक सुविधाबाट ग्राहक महानुभावलाई ८७ हजार रूपैयाँसम्मको फाइदा हुन्छ ।

स्वीप इन–स्वीप आउट सुविधा

बैंकका बचत खाताहरूमार्फत बीमा, कर्जा र अन्य सुविधा बाहेक बैंकले नेपालमै पहिलोपटक अत्यन्त पृथक एवं लाभदायी स्वीप इन– स्वीप आउट सुविधा ग्राहक महानुभावहरू सामु पस्केको छ । यो एक विशेष किसिमको सुविधा हो जसमा ग्राहक खोलेको न्यू सुपर चमत्कारिक बचत खाताहरुमा स्वतः मुद्दती खाताको लाभ प्राप्त गर्नसकिनेछ । यदि ग्राहकहरूले बचत रकममा उच्चतम ब्याज आम्दानी गर्ने बाटो खोज्दै छन् भने यस बैंकको स्वीप इन–स्वीप आउट सुविधा अन्तर्गत बैंकले न्यू सुपर चमत्कारिक बचत खातामा २ लाख रूपैयाँभन्दा बढी रकमलाई १० हजार रूपैयाँले गुणन गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ र बचत खातामा ६.५ प्रतिशत ब्याजदर पाइरहेका ग्राहकले मुद्धती खातामा जाने वित्तीकै ९.७५ प्रतिशत सम्मको ब्याज पाउनेछन् ।

हालसम्म बैंकले बीमा रकम बापत देशभरका १ सय २ जना चमत्कारिक तथा सुपर चमत्कारिक खातावालाहरूलाई तीन किसिमका बीमा योजनाहरू जस्तै घातक रोग, खातावालाको दुर्घटनाबाट मृत्यु वा पूर्णरुपमा अशक्त र अस्पताल भर्ना भएबापत करिब ६० लाख रूपैयाँ बीमा रकम बैंकले उपलब्ध गराइसकेको छ । यसमा मेडिकल बीमा वापत ३७ लाख १२ हजार ६३ रूपैयाँ, घातक रोगहरूको लागि १५ लाख रूपैयाँ र दुर्घटना बीमा वापत ७ लाख ८६ हजार ५ सय ५६ रूपैयाँ ग्राहकहरूले सुविधा पाएका छन् ।

ग्राहकले आफ्नो अनुकूल हुने र इच्छाएको रकम बचत गर्नका लागि यस खाता अन्तर्गत सिल्भर, गोल्ड र डायमण्ड श्रेणीका बचत योजनाहरूमा प्राप्त गर्न सक्नेछन् ।