काठमाडौं- शिवरात्रीका अवसरमा पशुपति क्षेत्रलाई भव्य बनाउन पशुपति क्षेत्र विकास कोषले उक्त क्षेत्रलाई करिब दुई करोड रुपैयाँ मूल्य बराबरको फूलमालाले सिंगारेको छ।


ADVERTISEMENT


वनकाली र जयवागेश्वरीबाट पशुपति जाने बाटोका मन्दिरहरुमा फूलैफूलले सजाइएको छ भने बाटोभरी विभिन्न डिजाइनका झिलिमिली बत्ती जडान गरिएको छ।


ADVERTISEMENT

# # #


पशुपति क्षेत्र सिंगार्न अस्ट्रेलिया, कोरिया, थाइल्याण्ड र भारतबाट सयपत्री, गुलाब, गोदावरी, लिली, क्यामेसन लगायतका फूल आयात गरिएको कोषले जनाएको छ ।