काठमाडौं – मुलुकभर आज पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ । देशको पश्चिम भेगका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभरकै मौसममा सामान्य बदलीको अवस्था रहेको जनाइएको हो ।


ADVERTISEMENT


काठमाडौंमा पनि वर्षा


ADVERTISEMENT

# # #


यो प्रणालीको पूर्ण प्रभाव शनिबारसम्मै रहने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । अहिले पश्चिमी भेगमा मेघ गर्जनसहित वर्षा भइरहेको र ‘काठमाडौंमा पनि आज अपराह्नपछि हल्का वर्षाको सम्भावनारहेको महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव मध्यक्षेत्र हुँदै विस्तारै पूर्वतिर पनि सरिरहेको उनले बताइन् ।

शुक्रबार दिउँसो

मौसम पूर्वानुमान महाशाखाकाअनुसार शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू–भागका केही स्थानहरुमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा र पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

शुक्रबार राति

शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको देखिन्छ ।