एजेन्सी – घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी- ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा अष्ट्रेलियाले सानदार जित निकालेको छ ।


ADVERTISEMENT


जोहन्सवर्गमा शुक्रबार राति अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई १ सय ७ रनले हराएको हो ।


ADVERTISEMENT

# # #


अष्ट्रेलिया दिएको १ सय ९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिका १४ ओभर ३ बलमा अलआउट हुँदै ८९ रनमा समेटियो।अष्ट्रेलियन बलर चम्किएपछि दक्षिण अफ्रिकी ब्याट्सम्यान सस्तैमा समेटियो । उसका फाप डु प्लेसिसले सर्वाधिक २४ रन जोड्दा कागिसो राबडाले २२ रन बनाए ।

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न एस्टन एगरले ह्याट्रिकसहित पाँच विकेट लिए । उनले सातौं ओभरको चौंथो, पाँचौं र अन्तिम बलमा विकेट लिँदै ह्याट्रिक पुरा गरेका हुन् । टी- ट्वान्टी अन्तर्राष्ट्रियमा ह्याट्रिक लिने उनी दोस्रो अष्ट्रेलियन खेलाडी हुन् ।

यस्तै एडम जाम्पा र पाट कमिन्सले २- २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो । अष्ट्रेलियाका स्टिभ स्मिथले ४५ रन जोड्दा कप्तान आरोन फिन्चले ४२ रन जोडे ।

दक्षिण अफ्रिकाका डेल स्टेन र ताब्रेइज शाम्सीले २- २ विकेट लिए । जितसँगै ३ खेलको सिरिजमा अष्ट्रेलियाले १- ० को अग्रता बनाएको छ ।