काठमाडौँ – बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहक महानुभावहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभ लाई मध्यनजर गर्दै ‘बीओके सहज बचत खाता’ सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


ग्राहकसँगको २५ वर्षसम्म निरन्तर सहयात्राको शुभ अवसरमा सौगात स्वरुप बैंकले उक्त खाता संचालनमा ल्याएको छ । “२५ वर्ष देखि सफलतालाई सहज बनाउँदै” भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको उक्त खाता ग्राहकले मात्र रु २५ मा नै खोल्न सक्नेछन् । उक्त बचत खातामा उच्चतम ब्याजदरको ब्यवस्था सहित थुप्रै निःशुल्क सुबिधाहरु रहेको बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


बैँकका अनुसार उक्त बचत खाताका विशेषताहरु निम्न बमोजिम रहेका छन ।
– वार्षिक ६५ ब्याजदर
– न्यूनतम् मौज्दात रु २५ मात्र
– त्रैमासिक ब्याज भुक्तानीको सुबिधा
– पहिलो वर्ष निःशुल्क डेबिट कार्डको ब्यवस्था
– पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङ्गको ब्यवस्था
– पहिलो वर्ष निःशुल्क इन्टरनेट बैंकिङ्ग ब्यवस्था

साथै, अन्य ग्राहकमुखी विशेषताहरु सहित संचालनमा ल्याएको उक्त खाताले ग्राहकहरुको जीवन अझ सहज बनाउने बिश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।