काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।


ADVERTISEMENT


निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनको बार्गेनिङ गरेको टेप सार्वजनिक भएपछि प्रतिपक्षीको अवरोधका कारण स्थगित भएको बैठक आज दिउँसो एक बजे बस्न लागेको हो ।


ADVERTISEMENT

# # #


आजको बैठक भने सुचारु हुने बताइएको छ । यसअघि हिजो बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले आजको बैठक अवरोध नगर्ने निर्णय गरेको थियो ।

यसअघि विभिन्न माग राख्दै पटक-पटक संसद अवरुद्ध पारेको कांग्रेसले आज भने संसद अवरुद्ध नपार्ने जनाएको छ ।