एजेन्सी –  युरोपेली च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणको पहिलो लेगमा बार्सिलोना नापोलीसँग एक–एक गोलको बराबरीमा रोकिएको छ ।


ADVERTISEMENT


नापोलीको मैदानमा भएको खेलमा एन्टोइन ग्रिजम्यानले गोल गर्दै बार्सिलानालाई हारबाट जोगाएका थिए । खेलको ३० औँ मिनेटमा ड्राइज मार्टिन्सले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए ।


ADVERTISEMENT

# # #


पहिलो हाफमा नापोलीले अग्रता कायम राखे पनि खेलको ५७औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै खेल बराबरीमा पुर्‍याए र बार्सिलोनाको हार टारे ।