काठमाडौँ– व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । अपरान्ह १ बजे बस्ने बैठकमा संविधान संशोधन प्रस्तावमाथि छलफल हुने बताइएको छ ।


ADVERTISEMENT


गत बुधबार संसदमा प्रस्तुत गरिएको संशोधन प्रस्तावमाथि परेका ४९ संशोधनकर्ताले धारणा राख्न बाँकी छ । ५० संशोधनमध्ये एक संशोधनकर्ताले धारणा राखिसकेका छन् । संशोधन प्रस्तावमाथि मतदान भने भोलि हुने बताइएको छ । भाषा, नागरिकता, राष्ट्रिय सभा, सीमांकन सम्बन्धमा छलफल हुने बताइएको छ ।


ADVERTISEMENT

# # #


राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहको चुनावमा जानुअघि संविधान संशोधन गर्नुपर्ने माग राखेपछि सत्तारुढ दल कंग्रेस र माओवादी केन्द्र संशोधन प्रक्रिया अघि बढाउन तयार भएका हुन् । संविधान संशोधनमा दुई तिहाई मत पुग्ने आशमा सत्तारुढ दलले संशोधन प्रक्रिया अघि बढाएका हुन् ।

संसदमा रहेका ५ सय ९२ सांसदमध्ये संविधान संशोधन पारित हुन दुईतिहाइ अर्थात ३ सय ९५ मत आवश्यक पर्छ ।