भक्तपुर– यहाँका बहिराहरुले सबै कार्यालयमा दोभाषेको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।


ADVERTISEMENT


यहाँ शुक्रबार आयोजित भक्तपुर बहिरा संघको २१औँ वार्षिक साधारणसभामा अधिकांश बहिराले कार्यालयमा दोभाषे नहुँदा बहिराको माग सम्बोधन हुन नसकेको बताएका थिए । दोभाषे एवं संघका सदस्य टीकाराम लामिछानेले प्रत्येक नगरपालिका तथा कार्यालयमा एक दोभाषे राख्नुपर्ने र बहिराको पहुँच शिक्षा, स्वास्थ्य तथा रोजगारीमा पुग्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


कार्यक्रममा सांसद एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले बहिराको मागको बारेमा आफूले संसद् बैठकमा आवाज उठाउने आश्वासन दिँदै सरकारले बहिराका शिक्षा, रोजगारी तथा तालीमको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

महिला विकास कार्यालयका प्रमुख नीला घिमिरेले सरकारले कम बजेट पठाउने भएकाले बहिरा तथा अपांगलाई कार्यालयले मागअनुसारको बजेट दिन नसकेको बताए।

पत्रकार सोम शर्मा बजगार्इंले पत्रकारले बहिरा र अरुबीच पुलको काम गर्न सक्ने बताए । संघका अध्यक्ष सूर्यबहादुर बुढाथोकी, कोषाध्यक्ष सुशील अधिकारी, सचिव जयराम पकानेवारलगायतले संघले भवन निर्माण गर्न लागेकाले सबै निकायलाई सहयोग गर्न आग्रह गरे।

त्यस अवसरमा बहिरा क्षेत्रबाट २०७३ को एसइई परीक्षा उत्तीण सरु जति, सोना ग्वाछा र लक्ष्मीप्रसाद दुलाललाई सम्मान गरिएको थियो । रासस