सप्तरी– नेकपा एमालेको भातृ संगठन युवासंघ नेपालले बाढीप्रभावित क्षेत्रमा रोगहरु संक्रमण हुन नदिनका लागि सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।


ADVERTISEMENT


युवा संघ नेपाल र सप्तरी युथ नेपालको सयुक्त आयोजनामा सप्तरीको डुमरी शिबधान लगायत विभिन्न ठाउँहरुमा बाढीकारण मरेका जनावरको ब्यबस्थापन तथा सरसफाइ गर्दै सर्पको बिगबिगीको नियन्त्रणको लागि ब्लजिन पाउडर छर्ने कार्य सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


साथै संघले बाढीले बिगारेको बाटो बनाउने काम पनि गरेको छ। युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल , सचिब नरेश शाही र युवा संघ नेपाल सप्तरी नगरपालिका कमिटीका अध्यक्ष दिपक यादव लगायतको उपस्थितमा उक्त कार्य सम्पन्न भएको युवा संघले जनाएको छ ।

भारतको हेपाहा प्रवृत्तिको कारण बर्षेनी तराईमा यस्तो समस्या आउने गरेको बताउँदै संघले यसको दीर्घकालीन समाधान खोज्नका लागि सरकारसंग माग गरेको छ । साथै संघले तत्कालका लागि राहत दिँदै बाढीपीडितका आवासका लागि दिर्घकालीन समाधान गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।