काठमाडौँ – निवर्तमान सूचना तथा सञ्चारप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा आफूमाथि गाली बेइज्जेती भएको भन्दै अदालत पुगेका छन् । विजय मिश्रले आफुविरुद्ध झुटो लान्छना लगाएको भन्दै बाँस्कोटाले शुक्रबार जिल्ला अदालत, काठमाडौं पुगेर मिश्रविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका हुन् ।


ADVERTISEMENT


अदालतमा उजुरी दर्ता भएपछि बास्कोटाले फेसबुकमा लेखेका छन्, ‘मविरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गर्दै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।’


ADVERTISEMENT

# # #


क्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधि भनिएका विजय मिश्रसँग ७० करोड कमिसन बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले गत फाल्गुन ८ गते मन्त्री पदबाट राजीनामा दिएका थिए ।