काठमाडौं –  विश्वभरि महामारीकै रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि भित्रिन सक्ने भन्दै सरकारले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र केही मन्त्रीहरुबीच बालुवाटारमा भएको बैठकले सो निर्णय गरेको हो ।कोराना भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा समेत देखिन थालेपछि सरकारले नेपालमा पनि उच्च सतर्कता अपनाउने निर्णय गरेको जनाइएको छ ।


ADVERTISEMENT


बैठकले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति निर्माण गरेको छ । उक्त समितिमा स्वास्थ्य, पर्यटन, गृह, शिक्षा लगायतका मन्त्रीहरु रहेका छन् । बैठकमा प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक यात्रुको चेकजाँच गर्न, चेकजाँचका उपकरण र औषधीहरु पर्याप्त मात्रामा भण्डारण गर्न र त्यसका लागि चिकित्सहरुलाई समेत तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै बैठकमा संक्रमण फैलिएका देशबाट हुने उडान रोक्ने विषयमा समेत छलफल भएको जनाइएको छ ।  उक्त समितिले यो विषयमा अध्ययन गरेर आवश्यक निर्णय गर्ने छ ।

केही दिनअघि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा रहेको मुलुक भनेको थियो । यसअघि कोरोना भाइरसको संक्रमण एक नेपालीमा पनि भेटिएको थियो । तर उनी उपचारपछि स्वस्थ्य भइसकेका छन् ।