काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार गरिएको छ ।


ADVERTISEMENT


आइतबार प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा प्रचण्डलाई लक्षित गर्दै दर्शकदीर्घाबाट जुत्ता प्रहार गरिएको हो । तत्कालीन नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सहभागी भएका प्रचण्डलाई लक्षित गर्दै जुत्ता हाने पनि उनलाई लागेको छैन ।


ADVERTISEMENT

# # #


जुत्ता प्रहार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जुत्ता प्रहार गर्नेको नाम भने बाहिर आइसकेको छैन । उनले किन जुत्ता प्रहार गरे भन्ने पनि खुलेको छैन ।