काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरूवा रहेको खुलेको छ ।


ADVERTISEMENT


आइतबार राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारी स्मृति फाउण्डेशनको प्रथम स्मृति सभा सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गर्दै जुम्लाका २२ वर्षीय तिरूवाले दर्शक दीर्घाबाट जुत्ता प्रहार गरेका थिए । तर, मञ्चमा रहेको प्रचण्डलाई भने जुत्ता लागेको थिएन ।


ADVERTISEMENT

# # #


उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।  तिरुवा एक द्वन्द्वपीडित युवा हुन् । उनका बाबु मोहन तिरुवाले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका थिए ।