काठमाण्डौ –  सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को आइतबार बेलुकी बसेको बैठकले पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीकाअनुसार राजदूत पौडेललाई स्वदेश फर्किन १५ दिने म्याद दिइएको छ ।


ADVERTISEMENT


नयाँ राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस भएको छ । पूर्व मुख्यसचिव पौडेल २०७३ कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त भएका थिए ।


ADVERTISEMENT

# # #


यस्तै बैठकले सहसचिव एकनारायण अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ भने पाँच सचिवको सरुवा गरिएको छ।