काठमाडौँ — कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण बढ्न थालेपछि नेपाल सरकारले पहिलोपटक अन्तर्राष्ट्रिय रूपमा आयोजना गर्न लागेको कूटनीतिक छलफल ‘सगरमाथा संवाद’ स्थगित गरेको छ ।


ADVERTISEMENT


आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथा संवाद स्थगित गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार सगरमाथा संवाद सचिवालयका पदाधिकारीसँग भेटवार्ता गर्दै यस विषयमा छलफल गरेका थिए।


ADVERTISEMENT

# # #


मन्त्रालयले चैत २० देखि २२ सम्म काठमाडौंमा आयोजना गर्न लागेको संवादमा करिब १ सय ५० विदेशीसहित २ सय ५० प्रतिनिधि सहभागी हुने बताइएको थियो।