काठमाडौँ — कोरोनाको संक्रमणको आशंकामा दुई जना व्यक्तिलाई टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।


ADVERTISEMENT


उनीहरु दुवै चीन र दक्षिण कोरियाबाट फर्केका नेपाली भएको अस्पतालका प्रवक्ता डा। अनुप बाँस्तोलाले जानकारी दिए। आइसोलेसन वार्डमा राखिएका दुवै पुरुष हुन्।‘एकजनालाई हिजो र एक जनालाई आज आइसोलेसन वार्डमा राखिएको छ,’ बाँस्तोलाले भने।


ADVERTISEMENT

# # #


उनका अनुसार उनीहरु कोरोना प्रभावित देशबाट आएको र ज्वरो आएको भन्दै आएपछि आइसोलेसनमा राखेर जाँच गर्न खोजिएको हो। दुई जना अस्पताल भर्ना भएको ३ बजेसम्मको तथ्यांक हो।

बाँस्तोलाले नमुना संकलन गरेर ल्याबमा पठाइसकेको बताउँदै सोमबारसम्ममा रिपोर्ट आउने बताए। दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६० भन्दा बढी देशमा फैलिसकेको छ।