काठमाण्डौ – सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत आठ सचिवको सरुवा, बढुवा र पदस्थापन गरेको छ । आइतबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले ६ जना सचिवको सरुवा गरेको छ भने दुई जनालाई बढुवा गरी पदस्थापन गरेको छ ।


ADVERTISEMENT


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै, स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराललाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । भूमि–व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ । काठमाण्डौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।


ADVERTISEMENT

# # #