काठमाडौँ — उपत्यकामा हुने सवारी दुर्घटनाको अभिलेखीकरणका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली’ सफ्टवेयर प्रयोगमा ल्याएको छ ।


ADVERTISEMENT


यातायत व्यवस्था विभागको सहकार्यमा महाशाखाले मातहतका ३३ वटा ट्राफिक प्रहरी कार्यालयमा सफ्टवेयर सञ्चालनमा ल्याएको महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए । सफ्टवेयरमार्फत दुर्घटनाहरूको अभिलेखीकरण गर्ने र तथ्यांकलाई विज्ञसहितको टिमले विश्लेषण गरी दुर्घटनाका कारण, बढी दुर्घटना हुने स्थान र सवारीको अवस्था पहिचान गर्ने उनले बताए ।


ADVERTISEMENT

# # #


दुर्घटना अभिलेख व्यवस्थापनमा ट्राफिक प्रहरीले यसअधि ‘ट्याब्लेट’ प्रयोग गर्दै आएको महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागबाट दुर्घटना अभिलेखीकरणका लागि महाशाखालाई ३४ थान मोबाइल सेट उपलब्ध गराइएको छ ।