रौतहट — किसानको दबाबपछि सञ्चालनमा आएको रौतहटको गरुडा नगरपालिकास्थित श्रीराम सुगर मिल उखु अभावले बन्द भएको छ । समयमै किसानसँग खरिद गर्न नसक्दा मिलले उखु अभाव खेप्‍नुपरेको हो ।


ADVERTISEMENT


एक सिजनमा २५ लाख क्विन्टल क्रसिङ गर्ने क्षमता रहेको मिलले यसपालि ६८ हजार क्विन्टल उखु मात्र क्रसिङ गरेको छ । उखु अभावकै कारण मिलले यसपालि चिनी उत्पादन गर्न सकेन । पुरानो भुक्तानीमा विवाद भएपछि मिल खुल्न ढिलाइ भएको थियो । गत माघ २९ गतेदेखि सञ्चालन गरिएको मिल २४ घण्टै चलाउनुपर्नेमा उखुका अभावले मुस्किलले आठ घण्टा चलेको थियो ।


ADVERTISEMENT

# # #


प्रत्येक वर्ष मंसिर अन्तिम र पुस पहिलो साताबाट मिल सञ्चालन हुन्थ्यो । यसपालि ढिलो सञ्चालन हुँदा किसानले महोत्तरी, सर्लाही, बारालगायत जिल्लाका मिललाई उखु बेचिसकेका थिए । केही उखु कटहरियामा सञ्चालनमा रहेको नयाँ चिनी मिललाई दिएका थिए । राम्ररी चलेको बेला जेठ १० सम्म मिल सञ्चालन हुन्थ्यो । तर यस पटक निकै समस्याका बाबजुद चले पनि उखु नै नभएकाले बन्द गर्नुपरेको यादवले बताए । एक लाख क्विन्टल पनि उखु क्रसिङ नभएपछि मिलले मिठा बनाउन लागेको छ ।