काठमाण्डौ –  एनसेल मोबाइल इन्टरनेट प्रयोगकर्ताले मेन ब्यालेन्सबाटै सुलभ दरमा डाटा सेवाको फाइदा पाउने भएका छन् । एनसेलले सार्वजनिक गरेको नयाँ डाटा बोनस योजना मेन ब्यालेन्स अर्थात पे एज यू गोबाट चलाउँदा लाग्ने २ प्रति एमबी दर ८० प्रतिशतसम्म घट्ने भएको हो ।


ADVERTISEMENT


यो योजना मेन ब्यालेन्सबाटै डाटा सेवा प्रयोग गर्ने र अझ सुलभ दरमा डाटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकहरुलाई लक्षित रहेको छ । यो अफर आइतबारबाट सञ्चालनमा आउने छ । यो अफरमा डाटा सेवाका लागि जति मात्रामा मेन ब्यालेन्स खर्च हुँदै जान्छ, डाटा सेवाको शुल्क थप घट्दै जान्छ ।


ADVERTISEMENT

# # #


यसरी प्राप्त हुने डाटा बोनस प्रगोग गर्नका लागि २ दिनको समयावधि रहनेछ । ग्राहकले पे एज यू गोअन्तर्गत पहिलो १० रुपैयाँ खर्च गरेपछि, प्रत्येक थप १० रुपैयाँ डाटामा खर्च गरे बापत २० /२० एमबी बोनस डाटा तत्काल प्राप्त गर्दै जानेछन् ।

यसैगरी ग्राहकले रु ३० ब्यालेन्स खर्च गर्छन भने बोनसको ५७ एमबीसहित कुल ६९ एमबी डाटा पाउनेछन् । यदि ग्राहकले मेन ब्यालेन्सको १०० रुपैयाँ डाटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाईने ३९ . १६ एमबी र बोनस १९७ एमबीसहित कुल २३६ एमबी डाटा पाउनेछन् ।