एजेन्सी- स्पेनिस लिगमा रियल मड्रिडले अप्रत्यासित हार ब्यहोरेको छ ।आईतबार भएको खेलमा रियल मड्रिड कमजोर प्रतिद्वन्दी रियल वेटिससंग २–१ गोल अन्तरले पराजित बनेको हो ।


ADVERTISEMENT


पछिल्लो हारसंंगै रियलको उपाधि होडमा धक्का लागेको छ । रियलले शीर्ष स्थानमा उक्लिने मौका समेत गुमाएको छ । खेलमा अग्रता घरेलु टोली बेटिसले डी सिल्भा जुनियरको गोलबाट ४० औ मिनेटमा लिएको थियो ।


ADVERTISEMENT

# # #


पहिलो हाफको ईन्जुरी समयमा करिम बेन्जिमाले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेल सकिन ८ मिनेट बाँकी छदाँ बार्सिलोनाका पुर्व खेलाडी क्रिस्टियन टेलोले बेटिसको जित निश्चित गरेका थिए ।

जितसंगै बेटिस रेलिगेशन जोन भन्दा ८ अंकले माथि रहेको छ । बेटिस ३३ अंक सहित तालिकाको १२ औं स्थानमा छ । रियल ५६ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।