काठमाण्डौ – कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण धेरै देखिएका विश्वका आठ देशका नागरिकलाई नेपाल प्रवेश गर्न अन अराइभल भिसा बन्द गरिएको छ ।


ADVERTISEMENT


अध्यागमन विभागले विज्ञप्ति निकालेर मङ्गलबारदेखि कोरोना भाइरसको सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स, जर्मनीका नागरिकलाई अन अराइभल भिसा बन्द गरिएको जनाएको छ ।


ADVERTISEMENT

# # #


अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार नेपालतर्फको यात्रा गर्नुअघि नै भिसा अर्थात् प्रवेशाज्ञा नलिइकन आउने नागरिकलाई अन अराइभल भिसा नदिइने प्रावधान लागू गरिएको हो ।

अब यी ८ देशका नागरिकले नेपाल आउनुपर्ने भएमा कोरोना भाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्ने छ ।

यस्तै कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि कतारले नेपालसहित १४ देशका यात्रुलाई अस्थायी रुपमा प्रवेशमा रोक लगाएको हो ।