काठमाडौं – विभिन्न क्षेत्रमा भूमिका निभाईरहेका महिलाहरुलाई सम्मान गरिएको छ ।


ADVERTISEMENT


जेसीआई काठमाडौँ लेडी-नेपालले अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसर पारेर मँगलबार समाज र देशका लागि कर्म गरिरहेका ६ महिलाहरुलाई राजधानीमा सम्मान गरेको हो ।


ADVERTISEMENT

# # #


सम्मान पाउनेहरुमा साहित्यकार बिन्दु अधिकारी (ढकाल), मुटुरोग बिशेषज्ञ उर्मिला शाक्य, प्रहरी निरिक्षक चञ्चला श्रेष्ठ, १ सय ४८ पटक रक्तदाता निता घिरैया, तबला बादक अञ्जु नकर्मी र बडि बिल्डर मल्लिका शाक्य रहेका छन् ।