काठमाडौँ– साढे ३३ किलो सुन काण्डका मुख्य नाइके राजन प्रसाद पन्तलाई प्रहरीले युएईको आबुधाबीबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ। नेपाल प्रहरीले पन्तलाई युएई प्रहरीको सहयोगमा पक्राउ गरेर नेपाल ल्याएको एसपी किरण बज्रार्चायले जानकारी दिइन्।


ADVERTISEMENT


पक्राउ परेका पन्तलाई सिआइबीमा बुझाइने उनले बताइन्। गत पुस २१ गते पन्तले नेपालमा ३३ किलो सुन अवैध रुपमा पठाएका थिए।


ADVERTISEMENT

# # #


सुन लिएर आएका गोपालबहादुर शाहीको साथबाट सिआइबीले ३३ किलो सुन समातेको थियो । गत नोभेम्बर युएई गएका पन्त पछिल्लो समय सामानहरु लोड गर्ने काम गर्ने गरेको प्रहरीले जनाएको छ।

पन्त नेपाल आउन लागेको अवस्थामा आबुधाबी प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो। पुसमा २४४ वटा १०(१० तोलाको विस्कुट सुन बरामद भएको थियो। बरामद गरिएको सुनको बजार मूल्य झण्डै १५ करोड रुपैयाँ भन्दा धेरै थियो।

सुन लिएर आउने शाही र सुन लिन विमानस्थल पुगेका २ जना दिलबहादुर थापा र सन्तोष काफ्लेलाई पक्राउ परेका थिए।

पछिल्ले समय युएइबाट नेपाल आउनेलाई सुन पठाउने गिरोह नै सक्रिय रहेको प्रहरीले दाबी गरेको छ। सुन बोकाएर पठाउने, भरियाको फोटो खिचेर नेपालस्थित एजेन्ट पठाउने र नेपालस्थित एजेन्ट विमानस्थलमा पुगेर सुन लिने गरेको प्रहरीले बताएको छ।