अमेरिकाले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलनबाट रोक्न युरोपबाट अमेरिकामा गरिने सबै यात्रामा प्रतिबन्ध लगाएको छ ।


ADVERTISEMENT


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारदेखि ३० दिनसम्म लागु हुने गरी युरोप–अमेरिका यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । यो कडा र अत्यावश्यक प्रतिबन्ध बेलायतमा भने लागु नहुने राष्ट्रपति ट्रम्पले बताएका छन् ।


ADVERTISEMENT

# # #


बेलायतमा चार सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने आठ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ३८ जनाको ज्यान गएको छ भने एक हजार तीन सय २२ जनामा सङ्क्रमण भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरस विश्वभरको दुस्मन भएको भन्दै यसलाई चाँडो नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । नयाँ सङ्क्रमण रोक्नकै लागि युरोपसँगको यात्रामा प्रतिबन्ध लगाउनु परेको ट्रम्पले बताए ।

युरोपको इटली, फ्रान्स, स्पेन, जर्मनी, स्वीजरल्याण्ड, नर्वेलगायतका देशमा कोरोनाको सङ्क्रमण तीव्र बनेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले बुधबार एक महत्त्वपूर्ण बैठकमा कोरोना भाइरसको सङ्क्रमण रोक्नको लागि आउँदो १५ अप्रिलसम्म सबै भिसा निलम्बित गर्ने फैसला गरेको छ । स्वास्थ्य मन्त्री डा. हर्ष वर्धनको अध्यक्षतामा बसेको बैठकमा कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन र बच्नका लागि विभिन्न उपायका बारेमा छलफल भएको थियो ।