काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएर बालुवाटार स्थित निवास फर्किएका छन् । त्यहाँ उनले ९० वर्षीय पिता मोहन प्रसाद ओलीलाई ढोग गर्दै निको भएर आएको भाव प्रकट गरे ।


ADVERTISEMENT


मिर्गौला प्रत्यारोपणका लागि ११ दिन अघि शिक्षण अस्पताल महाराजगञ्ज जानु अघि पनि प्रधानमन्त्री ओलीले पितालाई शिर निहुराएर ढोग गर्दै बिदा भएका थिए । त्यो बेला दुवैजनाको मुहारमा भय बुझ्न सकिन्थ्यो ।


ADVERTISEMENT

# # #


फाईल फोटो : प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण गर्न जानु अघि बालुवाटारमा पिता मोहन प्रसाद ओलीसंग आशिर्वाद माग्दै

तर दोश्रो पटकको मिर्गौला प्रत्यारोपण सफल भएर शुक्रबार अस्पतालबाट निवास फर्किँदा भेट भएका बाबु छोराको मुहारमा भने खुसीको भाव छल्किएको पाईयो ।

नयाँ जीवनसहित देश हाँक्न फर्किएका छोरालाई पिता मोहन प्रसादले सरकारी निवास बालुवाटारमा स्वागत गर्दाको दृष्य भावुक देखिन्थ्यो ।

तस्विरहरु : प्रधानमन्त्रीको नीजि सचिवालय