कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले सगरमाथा आरोहणमा रोक लगाएको छ । उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वको उच्चस्तरीय समितिको निर्णयबमोजिम सगरमाथा आरोहण गर्न बसन्त ऋतुका लागि जारी गरिएको वा जारी गरिने अनुमतिपत्र हाललाई स्थगन गर्ने निर्णय गरिएको पर्यटन विभागले जनाएको छ । आगामी अप्रिल ३० सम्मका लागि सर्वोच्च शिखर आरोहण स्थगित गरिएको पर्यटन विभाग पर्वतारोहण शाखाकी निर्देशक मिरा आचार्यले जानकारी दिनुभयो । यसअघि चीनतर्फबाट पनि सगरमाथा आरोहण स्थगित भइसकको छ ।


ADVERTISEMENT


यस्तै उच्चस्तरीय समितिको निर्णयबमोजिम अध्यागमन विभागले भोली मध्यरातीबाट लागू हुने गरी सबै मुलुकका नागरिक र गैरआवासीय नेपालीलाई प्रवेश विन्दुमा प्रदान गर्दै आएको अनअराइभल भिजामा रोक लगाउने भएको छ ।


ADVERTISEMENT

# # #


कतारस्थित नेपाली दूतावासले अस्थायी रुपमा कन्सुलर सेवा बन्द गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै आगामी आइतबारदेखि अर्को सूचना जारी नभएसम्म अस्थायी रुपमा बन्द गरिने दूतावासले जनाएको छ । यद्यपी अत्यावश्यक कामकाज भने जारी रहनेछ ।