काठमाण्डौ –  सरकारले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई बिदामा नबस्न निर्देशन दिएको छ ।


ADVERTISEMENT


विश्वका विभिन्न देशमा कोरोना भाइरस फैलिरहेकाले थप सतर्कता अपनाउनुपर्ने भएकाले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई अर्को आदेश नभएसम्मको लागि बिदा नबस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो ।


ADVERTISEMENT

# # #


मन्त्रालयले प्रसूति र किरिया बाहेकका बिदा स्वीकृत नगर्न, तर बिदा बस्नै पर्ने भए वैकल्पिक व्यवस्था गरेर मात्र बिदा स्वीकृत गराउन पनि सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।