काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखी सुविधा सम्पन्न छुट्टै अस्पताल बनाउन निर्देशन दिनुभएको छ । त्रिवि शिक्षण अस्पतालबाट हिजो डिस्चार्ज भएलगत्तै प्रधानमन्त्री केपी ओलीले उपप्रधान एवं रक्षामन्त्री तथा कोरोना रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई छुट्टै अस्पताल निर्माणको प्रक्रीया तत्काल शुरु गर्न निर्देशन दिनुभएको हो ।


ADVERTISEMENT


विरामीको कम चाप हुने काठमाडौंकै कुनै अस्पताल वा छुट्टै संरचना खडा गरेर कम्तीमा १ सय शैयाको अस्पताल बनाउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको उहाँका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।


ADVERTISEMENT

# # #